काठमाडौं । प्रभु बैंकको १८ औँ साधारण सभा सम्पन्न भएको छ ।
सभाले यो वर्ष १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले अघिल्लो वर्ष ८ प्रतिशत वोनस सेयर दिएको थियो । बैंकको साधारण सभामा १५ जना सेयर धनीहरुले गुनासो, भावी योजनाहरु तथा अन्य धेरै कुरा अर्को वर्ष दिनका लागि सक्षम होस् भन्ने कुरा राखेका थिए ।
सेयरधनीहरुको गुनासोमा बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनले वार्षिक प्रतिवेदन पेश गर्दै राष्ट्रहित हुने साथै सेयरधनीहरुलाइ पनि फाइदा पुग्ने कुरा बताउनुभएको थियो । बैंककाका कार्यकारी प्रमुख असोक शेरचनले बैंकको मौज्दात अबस्थाबारे प्रकाश पार्नुभएको थियो भने कम्पनी सचिव अमित भण्डारीले सामान्य प्रस्ताब ५ वटा साथै विशेष प्रस्ताव ७ वटा पारित गर्नुभएको थियो ।
बैंकको सात वटै प्रदेशका ६० जिल्लामा १८९ वटा शाखा कार्यालय, २४ वटा बिस्तारित काउन्टर, १५२ वटा एटिएम बुथ राखि बैंकले बैंकिङ् सेवा बिस्तार गरिरहेको छ । साथै चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल निक्षेप १, १४०,७८३ रहेको छ । भने कुल कर्जा ९५७६६६ रहेको छ । साथै बैंकको खुद नाफा ६२८५ रहेको छ । त्यस्तै निष्कृय कर्जा ३ दशमलव ३२ प्रतिशत रहेको बैंकले जनाएको छ ।
सभाको संयुक्त उद्घाटन पानसमा दीप प्रज्वलन गरी देवीप्रकाश भट्टचन र डा.रामप्रसाद दाहालले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया