प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागी प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री ओली पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल गइरहनुभएको छ ।

ओली आइतबार दिउँसो नियमित स्वास्थ्य परिक्षणका लागि ग्राण्डी अस्पताल पुग्नुभएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि अन्य समयमा भने प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्ने गर्नुभएको थियो ।

ओलीले गत साता ग्राण्डीमा मिर्गौलाको डायालासिस  गराउनुभएको थियो । कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको उक्त अस्पतालमा नै दुई पटक डायलासिस गराउनुभएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?