काठमाडौँ । रुसको तल्लो संदनले बिहीबार ( २१ नभेम्बर ) मा एक विधेयक पारित गरेको छ । जसमा सरकारले ब्लगर, पत्रकार, सोशल मिडिया प्रयोगकर्तालाई एजेन्टको रुपमा राखिने अधिकार कानून पारित गरेको छ ।
बिहीबार डयूमा द्धारा सर्वसम्मतिले पारित यस विधेयकमा विदेशी वित्तमा आधारित मिडिया ठुला घरानासँग मिलेको भन्दै पत्रकारलाई विदेशी एजेन्टको रुपमा कारबाहि गर्न सकिने एक कानून बनाएको छ ।
यस्तै २०१७ मा अमेरिकी न्याय विभागले रुसी टीभी च्यानल आरटीलाई विदेशी एजेन्टमा रुपमा रहेको भन्दै फैसला सुनाएको थियो ।
नयाँ कानून उनीहरु माथि लाग्न सक्छ जुन विदेशी एजेन्टका रुपमा सूचीकृत मिडिया द्धारा तयार साम्रगी वितरण गर्दै आएका छन् । साथै विदेशीबाट आर्थिक प्राप्त गर्ने गर्छन्।
रुसमा विभन्न वर्गले यस कदमको आलोचना समेत गरेका छन् । साथै देशमा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भएको बताएका छन्।_एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया