आरटिजिएस सेवा सञ्चालन, चेकबाट हुने भुक्तानीको अन्त्य

काठमाडौं । अब एक बैंकबाट अर्को बैंकमा भुक्तानी गर्नको लागी चेकको आबस्यक्ता नपर्ने भएको छ । राष्ट्र बैंकले १३ वर्षअघि नै यो सेवा लागु गर्न लागेको थियो । तर रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम अर्थात आरटिजिएसले शुक्रबारबाट त्यसको लागी काम थालेको छ ।
यो सेवा शुरु भइसकेपछि चेकको क्लियरिङ गरिरहनु पर्ने छैन । अन्य समयमा भन्दा छिटै भुक्तानी पाउन सकिने छ।

यस अन्तर्गत तपाइको जुन बैंकमा खाता छ त्यहाँ गएर एउटा फारम भर्नुपर्नेछ । र कुन बैंकमा भुक्तानी गर्न लाग्नुभएको छ त्यो विवरण खुलाएपछि रकम स्थानान्तरण गर्न सकिन्छ ।

दुई लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा यो सेवा सुरु गरेको राष्ट्र बैंकले जनाएको छ । साथै २० लाखभन्दा माथिकोमा अनिवार्य नै गरिएको छ । लामो समयसम्म ग्राहकहरुलाइ चेक भुक्तानीको बानी रहेकोले यो सेवाको लागी केही असहजता भने पक्कै देखिनेछ । त्यसैले ग्राहकहरूमा बानी नपरुन्जेल चेकबाट पनि भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको ।

राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरुलाई अनिवार्य गरिएको र पुसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि अनिवार्य हुनेछ ।

२०६३ को मौद्रिक नीतिबाट राष्ट्र बैंकले आरटिजिएस लागू गर्ने जनाएको थियो। तर बिबिध प्राविधिक कारणले लागू गर्न सकिएको थिएन । आरटिजिएस लागू हुनुलाई ठूलो उपलब्धि भएको साथै यसबाट ग्राहकहरुलाइ सहजता हुने गभर्नर डा। चिरञ्जीवी नेपालले बताउनुभयो । सन् २००७ बाटै भारतमा भने यो सेवा लागू भइसकेको छ ।

यो सेवा पूर्णरूपमा लागू भएपछि बैंकहरुले चेक छाप्नु पर्दैन जसले गर्दा उनीहरूको लागत कम पर्छ। साथै चेकको प्रयोग हुन छाडेपछि क्लियरिङ गरिरहनु पर्दैन। आरटिजिएसका कारण पैसाको कारोबारमा तीव्रता आउँछ। जस्तो अहिले क्लियरिङ गर्दा डेढ दिन लाग्छ भने आरटिजिएस लागूपछि त्यही पैसाको कारोबार १०औँ पटक हुन सक्छ।

तत्कालको लागी एउटा कारोबारको १० रुपैयाँ सेवा शुल्का लागन्े तर पछिका दिनहरुमा शुल्क घटाउदै लगिने राष्ट्र बैंकले जनाएको छ । यदि बेलुकीको समयमा भुक्तानी गर्नु परेमा भने १०० रुपैयाँसम्म शुल्क लाग्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?