काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागी दरखास्तको लागी आह्वान गरिएको छ । त्यसको लागी अर्थ मन्त्रालयले तीन सदस्यीय समिती समेत गठन समेत गरिसकेको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फँयुालको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र आईक्यानका अध्यक्ष सिए कृष्ण आचार्य सदस्य छन् ।
मन्त्रालयले बोर्डको अध्यक्ष पद छनोटका लागी बनाएको समितीले शुक्रबार दरखास्त आह्वान गरेको हो । आवश्यक अनुभव हाँसिल गरेका तथा योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई १५ दिन भित्र दर्खास्त दिन आह्वान गरिएको समितीले जनाएको छ । साथै ४ हजार शब्दमा नबढ्ने गरी बोर्डको सम्बन्धित कार्य योजना पेश गरि सिफारिस समितीले निकालेको विज्ञप्तीमा उल्लेख रहेको छ ।
दरखास्तमा पर्न आएका नामहरुमध्ये समितिले अध्यक्षको लागि ३ जनाको नाम सिफारिस गर्ने छ । साथै तीन जना मध्येबाट नै एक जना अध्यक्ष छनोट गरिने समितीले जनाएको छ ।
यी हुन आवस्यक योग्यताहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया