विकीलीक्सका संस्थापक असांजेको जेलभित्रै मृत्यु हुने आशंका !

काठमाडौँ । विकीलीक्सका संस्थापक जूलियन असांजेको स्वास्थ्यलाई लिएर ६० भन्दा धेरै डाक्टरहरुले एक खुल्ला पत्र लेखेका छन् । उनको अवस्थालाई लिएर डाक्टरहरुले चिन्ता गरेका छन् ।

डाक्टरहरुले असांजेको बेलायतको जेल भित्रनै मृत्यु हुने आशंका व्यक्त गरेका छन् । अमेरिकी सरकारको जासुसी गरेको आरोपमा अहिले उनी कानूनी लडाइ लडिरहेका छन्। जासूसी ऎनका अनुसार दोषी मानिएका उनलाई अमेरिकी जेलमा १७५ वर्ष बिताउन पर्ने हुन सक्छ ।

चिकित्सकहरुले गृह सचिव प्रीति पटेल एवं बेलायतका गृह मन्त्रालयलाई लेखिएको पत्रमा असांजे दक्षिणपूर्व लडण्नको बेलमार्श जेलबाट विश्वविद्यालय (युनिवर्सिटी) शिक्षण अस्पतालमा भर्ना गर्नलाई अनुरोध गरिएको छ । चिकित्सक यस निष्कर्षका साथ लडण्नमा २१ अक्टुबर असांजेको अदालतमा पेशीका साथै एक नम्बर जारी हुई निल्स मेल्जरको रिपोर्टका आधारमा पुगेका छन् ।

संयुक्त राष्ट्र मानवधिकारका स्वतन्त्र विशेषज्ञका अनुसार, असांजेलाई जसरी उत्पीडन गरिएको छ । उनको जीवनका लागि यो घातक हुन सक्छ । डाक्टरले १६ पृष्ठ यस पत्रमा भनेका छन्, ” हामीले चिकित्सकका नाताले यस पत्रमा जूलियन असांजेको शरीरका साथै मानसिक स्वास्थ्यका बारेमा हाम्रो गम्भिर चिन्ता व्यक्त गर्दै लिएका मात्र हौँ । ” उनीहरुले लेख्छन्, ” असांजेको शारीरिक ‌एंव मानसिक स्वास्थ्यलार्इ देखेर नै उनको तत्काल विशेषज्ञ चिकित्सको आवश्यकता रहेको छ । ” एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?