काठमाडौं । प्राइम कमर्सियल बैंकले गत वर्षको नाफाबाट बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्ताहरुलाइ १६ प्रतिशत बोनस दिने घोषणा गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा पनि १६ प्रतिशत नै बोनस सेयर वितरण गरिएको बैंकले जनाएको छ ।
अहिले बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको छ । त्यसमध्ये बैंकले १ अर्ब ५४ करोड ९८ लाख ९६ हजार १६० रुपैयाँ बराबरको बोनस सेयर बाँडन लागेको हो । बोनस वितरणपछि भने चुक्ता पुँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार पुग्ने बैंकले जनाएको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ ।
बैंकले लगानीकर्तालाई दिन लागेको उक्त बोनस राष्ट्र बैंक तथा बैंककाे आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण सुरु गरीने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया