दक्ष सहकारीकर्मीको आवश्यकता पुर्ति गर्न मन्त्री अर्यालको जोड

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिनु भएको छ ।

सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आयोजना गरेको गोष्ठीलाई सोमबार सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पुयाउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले नेपालमा ३५ हजार सहकारी रहेको तर सहकारी शिक्षाको पाठ्क्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको पनि बताउनुभयो । सरकारले १५ औं योजनामा वार्षिक १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अर्यालले त्यसलाई पुरा गर्न सहकारीमार्फत् व्यवसायीक कृषिको प्रबन्ध मिलाइएको बताउनुभयो । उहाँले सरकारको लक्ष्यहरु प्राप्त गर्नसमेत समयसापेक्ष सहकारी सम्बन्धी पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभयो ।

‘राष्ट्रिय सहकारी नीति २०६९’ ले सहकारी शिक्षालाई माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गर्ने नीति लिएको छ । तर सरकारले अहिलेसम्म सहकारी शिक्षा पाठ्क्रमको विकास गर्न भने सकेको छैन् । त्यसैले समयसापेक्ष पाठ्यक्रमको विकासका लागि ठोस निचोड निकाल्न गोष्ठी सफल हुने मन्त्री अर्यालको विश्वास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?