काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले कात्तिक २९ गते गरेको निर्णय बमोजिम एकीकृत कार्यविधि दोस्रो संशोधन २०७६ को व्यवस्था अनुसार त्यस्तो निर्देशन दिएको हो ।
संशोधित कार्यविधिका आधारमा कपडा उद्योग सञ्चालनका लागी ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा पाइने व्यबस्था रहेको छ । साथै वित्तिय संस्थाबाट लिइएको ऋणबाट भने उद्योग नै सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ ।
तर उक्त रकम अन्य प्रयोजनका लागि खर्च गरिएमकाे खण्डमा भने साँवा रकममा १५ % सम्म ब्याज असुल गरिने राष्ट्र बैंकले जनाएको छ । साथै यसरी ऋण लिनको लागी भने आवस्यक्ता अनुसारको धितो राखिनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया