के हो एपेन्डिसाइटिस ? यस्ता छन् लक्षण

पछिल्लो समय मानिसहरुको स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्न थालेको छ । खानपान अनि बढ्दो प्रदुषणका कारण मानिसहरुको स्वास्थ्यमा विकराल समस्याहरु चुनौतीको रुपमा देखिन थालेको छ । आज हामी एपेन्डिसाइटिस को बारेमा चर्चा गर्न गइरहेका छौं । एपेन्डिसाइटिस के हो र यसको लक्षणहरु केके हुन् त्यसबारे चर्चा गर्न गइरहेका छौं । यो एक गम्भीर रोगका रूपमा देखा परेको छ । एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ । यस्तो रोगको सम्भावना हुनेबित्तिकै अप्रेसनको तयारी गर्न चिकित्सकको सल्लाह हुन्छ ।

के हो एपेन्डिसाइटिस ?

ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंगलाई ‘एपेण्डिक्स’ भनिन्छ। एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पिप भरिने हुन्छ । समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसैले एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ। एपेण्डिक्स फुट्नुअगावै यसको अपरेसन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुने चिकित्सकहरू बताउँछन् ।
एपेन्डिसाइटिस आकस्मिक रुपमा देखा पर्ने रोग हो। यो रोगले कुनै पनि बेला मानिसलाई च्याप्न सक्छ । यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले मानिसको ज्यानै जान साक्छ । केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ। एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ। एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो। कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ।

यी माथि उल्लेख गरिएका कुनै पनि कारणले गर्दा एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा त्यहाँको चापमा वृद्धि हुन जान्छ। चापमा भएको बृद्धिले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँदछ। रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न थाल्दछन्। जसले गर्दा रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि विस्तारै कुहिन सुरु गर्दछन्। शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक यसको अर्को विकल्प कुनै विकल्प नै हुँदैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने यसले हाम्रो पेटमा रहेको आमाशय सानो आन्द्रा र ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह जसलाई पेरिटोनियम भनिन्छ, त्यसलाई फुटाइदिन सक्छ। यदि त्यस्तो भएमा सङ्क्रमण शरीरभरि फैलिएर अवस्था चिन्ताजनक पनि बनाउन सक्छ ।

यदी पेरिटोनियम पनि फुटेमा आन्द्रा भित्रको गुह्य तत्व बहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ । कहिले कही आन्द्राको वरिपरी आएर आन्द्रा वरिपरी रहेको ओ मेन्टअ्म भन्ने बोसोले ढाकेर संक्रमण हुन बाट रोक्छ । यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ । यसले पीपलाई अनेत्र सर्नबाट रोक्छ । यस्तो भएमा तुरुन्त शल्यकृया गर्न पर्दैन । तर चिकित्सकको प्रत्यक्ष निग्रानीमा रहनुपर्छ । अनि संक्रमण निर्मुल भएपछी शल्यक्रिया गर्न पर्छ ।

तस्वीर: गुगल

एपेन्डिसाइटिस २ प्रकारका हुन्छन् । एउटा एक्युट एपेन्डिसाइटिस र अर्को क्रोनिक एपेन्डिसाइटिस । एक्युट एपेन्डिसाइटिस तीव्र गतिमा विकास हुने गर्छ । यो केही घन्टा या दिनमै विकसित हुने गर्छ । सुरुमै यसको पहिचान गर्न गाह्रो पनि हुन सक्छ । यस्तो एपेन्डिसाइटिस भएमा तत्काल सर्जरीको अवश्यकता हुन्छ । यस्तो एपेन्डिसाइटिसको समयमै उपचार गर्न सकिएन भने मृत्युको कारणसमेत बन्न सक्छ ।

क्रोनिक एपेन्डिसाइटिसको दुखाइ लामो समयसम्म हुन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा बिस्तारै समस्या पार्न थाल्छ । बिस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । आन्तरिक दबाबका कारण सुन्निएको एपेन्डिक्सले गम्भीर समस्या निम्त्याउन सक्छ र समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न पनि सक्छ ।

यस्ता छन् लक्षणहरु :-

पेट दुख्नु

एपेन्डिसाइटिसमा पेट दुख्नु सबैभन्दा प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा दुख्छ भने, त्यो एपेन्डिसाइटिसको संभावना हुनसक्छ । यस्तेा दुखाई एपेन्डिक्सको अतिरिक्त दवाबको कारण हुनसक्छ । सुृरुमा यस्तो दुखाई नाइटोको छेउमा हुनसक्छ । दवाब बढ्दै गएपछि यो दुखाई नाइटोबाट हटेर पेटको दाहिनेतर्फ पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ ।

भोक नलाग्नु

भोक नलाग्नु पनि एपेन्डिसाइटिसको लक्षण हो । सुरुवाती अवस्थामा भोक नलाग्नु वा खानामा अरुची हुनु, वाकवाकी लाग्नु एपेन्डिसाइटिसको लक्षण हुनसक्छ । यसका साथै कब्जियतको शिकार पनि हुन सकिन्छ । यसैले पेट दुखाईसँगै भोक पनि लागेन, वाकवाकी लाग्छ भने चिकित्सककाहाँ पुग्नुपर्छ ।

ज्वरो आउनु 

अपेन्डिसाइटिसको रोगमा हल्का ज्वरो आउँछ । सामान्यत यो ज्वरो लगभग १ सय फरेनहाइट हुन्छ । यदि ज्वरोका साथै कम्पन पनि आयो भने ढिला नगरी चिकित्सकलाई भेट्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?