यस्तो छ प्रधानमन्त्रीको स्थास्थ्य अवस्था

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उनको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बिहानदेखि सो सेन्टरमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको दिउँसो एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?