काठमाडौं । बैंकबाट अवैधानिक रुपमा लाखौं रकम निकाल्ने ६ जनाको गिरोहले माछापुच्छ्रे बैंकबाट पनि थप १० लाख रुपैयाँ भएको सुचना प्राप्त भएको छ ।
बुधबार ६ जनालाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसर, टेकुले १९ लाख ९९ हजार रुपैयाँ चोरी भएको तथ्य बाहिर ल्याएको थियो । साथै माछापुच्छ्रे बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना अनुसन्धान अधिकृतलाई प्राप्त भएको छ ।
अनुसन्धान अधिकृतका अनुसार रकम कसको खाताबाट झिकिएको भन्ने कुरा भने पत्ता लागेको छैन।
उक्त चोरिमा संलग्न भएको आरोपमा आइतबार रातिदेखि प्रहरीले चलाएको अपरेशनका क्रममा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङका सुमन पौडेल र गोविन्द घिमिरे पक्राउ गरेको छ ।
अनुसन्धान गर्दा उनीहरुको साथबाट बरामद चेक बुकबाट भएको कारोबारबारे जानकारी माग्दै प्रहरीले बैंकलाई पत्राचार गरेको थियो । तर अन्य बैंकले भने पत्रको जवाफ फर्काइनसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया