प्रधानमन्त्रीको पाँचौ पटक डायलासिस गरियो, डिस्चार्ज अनिश्चित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पाचौँ पटक डायलासिस गरिएको छ । मिर्गौलाको समस्याबाट पीडित ओलीको पाँचौ पटक डायलासिस गरिएको हो । प्रधानमन्त्री ओलीको मिर्गौलामा लगातार समस्या देखिएपछि डायलासिस गर्न थालिएको हो भने फर्नेबारे पनि छलफल भइरहेको छ ।

यता यही रोगका बीच एपेन्डिसाइटिस भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उनी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभस्कुल सेन्टरमा दुई दिनयता उपचार रहेका छन् भने डिस्चार कहिले हुने भन्नेबारे अझै टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?