मानिसहरुको विश्वास छ कि हरेक दिन अण्डा खाने गर्नाले शरीरमा ताकत रहिरहन्छ र जसले शरीरलाई निकै स्वस्थ रहन मद्दत गर्दछ । तर वास्तविकता के हो भन्ने कुरा पनि जान्न जरुरी छ ।
यो कुरा शतप्रतिशत सहि हो कि अण्डामा कोलेस्ट्रोलक निकै प्रचुर मात्रामा पाइने गर्दछ । एउटा अण्डामा लगभग २०० एमएलएस कोलेस्ट्रोल हुने गर्दछ । तर तपाईं दिनमा जति खानुहुन्छ त्यसमा पनि तपाईंले ३५० एमएलएस कोलेस्ट्रोल खाएकै हुनुहुनेछ त्यसकारण अरु खानेकुराहरु खानुको साटो अण्डा खानु राम्रो मानिन्छ ।
एक अनुसन्धानको अनुसार, मुटुसम्बन्धि रोगलाई अण्डाको सेवनले कम गर्न सकिनेछ किनभने यसमा कोलेस्ट्रोल निकै धेरै हुने गर्दछ जसले शरिरको ब्लड भेसलमा रहेको काम नलाग्ने कोलेस्ट्रोललाई बाहिर निकाल्न मद्दत गर्दछ । यसको सेवनले प्रोटिन र जिंकजस्ता तत्वहरु प्राप्त हुनेछन् ।
हप्तामा ६–७ वटा अण्डा सेवन गर्नाले कुनै हानी हुँदैन । वास्तवमा यसको सेवनले शरिरलाई चाहिने प्रोटिन र इनर्जी प्राप्त हुने गर्दछ । यसका साथै यसको सेवनले उच्च रक्तचापको समस्यालाई पनि समाधान गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया