हुम्लामा भएको टिपर दुर्घटनामा ४ जनाको ज्यान गएको छ।
हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकाया, नाम्खा गाउँपालिका वडा नं १, हेप्का गाउँका छिरिङकर्मा तामाङ र नरी लामा, खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी बबरजङ शाही रहेका छन् ।
टिपर मूल सडकभन्दा करीब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले बताए ।
नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामान ढुवानीका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर आउँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको हो । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर हाँकेको पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ । चालक काभ्रे जिल्ला बुद्धनगरपालिका ११ भालुखर्कका आनन्द तामाङलाई स्थानीयवासीले कब्जामा लिई प्रहरीसमक्ष पेश गरेका छन् । दुर्घटनामा अरु ११ जनाा गम्भीर घाइते छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया