एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा इन्टर मिलानले सहज जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टरले स्लाभिया प्रागलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
स्लाभियाको मैदानमा लाउटरो मार्टिनेजको गोलबाट इन्टरले १९ औं मिनेटमा अग्रता बनाएको थियो । तर, ३७ औं मिनेटमा थोमसले पेनाल्टीमा गोल गर्दै स्लाभियालाई १-१ गोलको बराबरीमा फर्काए ।
८१ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै इन्टरलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३-१ को जुट दिलाए ।
स्लाभियाविरुद्ध एक गोल गरेसँगै लुकाकुले करियरको २ सय ५० औं गोल पूरा गरेका छन् । उनले क्लबका लागि १ सय ९८ र राष्ट्रका लागि ५२ गोल गरेका छन् ।
स्लाभियामाथिको जितसँगै इन्टरले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह एफको इन्टरले ५ खेलबाट ७ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया