प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, शुभेच्छुकलाई ट्वीटरबाट दिए धन्यवाद

काठमाडौं । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जानकारी दिनुभएको छ।

उहाँले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिनुभएको छ ।

उहाँले बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाहरूसमेत हेरिरहेको सचिवालयका एक सदस्य रामशरण बजगाईले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको हो ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले पत्नी राधिकासहित सीमित व्यक्तिसँगमात्र भेट्नुभएको छ ।

पेटमा अचानक समस्या आएपछि प्रधानमन्त्रीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?