अध्ययनको लागी वर्षेनी नेपालबाट अर्बौ रकम बाहिरिँदै, यस्तो छ सरकारी तथ्यांक

काठमाडौं । प्रत्येक वर्ष नेपालबाट अध्ययन, घुमघाम तथा अन्य शिर्षकमा अर्बौ रकम बाहिरिने गर्दछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र नेपालबाट अध्ययन तथा घुमघामको शिलशिलामा अर्बौ रकम बाहिरिएको तथ्य फेला परेको छ । यस अवधीमा नेपालबाट २१ अर्ब २१ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । अघिल्लो आर्थिक वर्षको असोजसम्मको तथ्यांकलाइ हेर्दा करिब २१ अर्ब ५० करोड रुपैयाँ घुमघाम तथा अध्ययनको लागी नेपालबाट बाहिरीएको थियो ।

यसलाइ मुल्यांकन गर्दा अघिल्लो आर्थिक वर्षको यसै अवधीमा भन्दा अहिले २८ दशमलव १ प्रतिशतले घटेको हो । यसरी हेर्दा केही वर्षयता नेपालीहरुले विदेशमा गर्ने खर्चको दायरामा कमि हुदैँ आएको पाइएको छ । राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएको छ ।त्यस्तै सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको कारण अध्ययन तथा घुमघामका लागि बाहिरिने खर्च घटेको बताइएको छ  ।

नेपाली बिद्यार्थीहरु अमेरिका, अष्ट्रेलिया, चीन, भारत, जापान लगाएतका देशहरुमा अध्ययनको लागी विद्यार्थीहरुको आकर्षण बढेसँगै पनि नेपालबाट ठुलो रकम बाहिरिने गरेको छ । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्षमा अध्ययनको लागी मात्रै ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको छ । वर्षेनी नेपालबाट अध्ययनको लागी अर्बौ रकम बाहिरिएको भन्दै सरकारले नीतिगत तहबाटै यसको समाधानको लागी पहल थालिएको छ । यसै कारणले गर्दा चालु आर्थिक वर्षको शुरुबाट केही सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?