फिफा बरियतामा ३ स्थान तल झर्‍यो नेपाल

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपाल ३ स्थान तल झरेको छ ।

फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल तीन स्थान तल झरेको हो । यसअघि नेपाल १ सय ६७ औं स्थानमा थियो ।

दक्षिण एसियामा भने नेपाल भारत र माल्दिभ्स पनि तेस्रो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा अगाडि रहेको भारत १ सय ८ औं स्थानमा छ भने दोस्रो नम्बरको माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । दक्षिण एसियाका अन्य राष्ट्रमा नेपाल पछि बंगलादेश १ सय ८७ औं, भुटान १ सय ८९ औं, पाकिस्तान २ सय १ औं र श्रीलंका २ सय ५ औं स्थानमा छन् ।

विश्वव्यापी वरियतामा भने पहिलो नम्बरमा बेल्जियम, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्गल्याण्ड र पाँचौमा उरुग्वे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?