१३ औँ साग प्रतियोगिता : महिला भलिबलमा नेपाल भारतसँग पराजित

काठमाडौं –  नेपाली राष्ट्रिय महिला भलिबल टोली १३ औँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा भारतसँग पराजित भएको छ । बिहीबार साँझ भएको खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको हो । यसअघि पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा पराजित गरेको नेपाल दोस्रो खेलमा भने निरीह बन्यो ।

त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको खेलमा नेपालले पहिलो सेट २४ -२६, दोस्रो सेट २५ -१२, तेस्रो सेट २५ -१६ ले गुमायो ।

अब नेपालले सेमिफाइनलमा स्थान बनाउन शुक्रबार हुने भारत र बंगलादेशबीचको खेलको नतिजालाई पर्खनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?