काठमाडौं । हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सा गुम्बाको मुल्यमा कमि आएको छ । यार्साको मुल्यमा गिरावट भएसँगै बझाङका यार्सा संकलकहरु निराश बनेका छन् । अघिल्लो वर्ष प्रतिकेजी यार्साको मुल्य १७ लाख २० हजार रहेको थियो । तर यो वर्षका लागी ७ लाख मात्र निर्धारण गरिएको छ ।
अघिल्लो वर्षभन्दा यो वर्ष यार्साको मुल्यमा आधाभन्दा पनि कम भएको छ। तीन महिनासम्म ठुलो जोखिम मोल्दै यार्चा संकलन गरेको यार्साको मुल्यमा ठुलो गिरावट आएपछि उनिहरुमा नैरास्यता छाएको हो ।
बैशाखदेखि साउनसम्म यार्सा संकलनका लागी उपयुक्त समय भएकाले हिमाली क्षेत्रका मानिसहरु यार्सा टिप्नको लागी जाने गर्दछन् । छोटो समयमा लाखौको आम्दानी हुने भएकालेपनि दुध खाने बालबालिकासहित लिएर केटा केटी ,युवा बृद्घसहित यार्सा टिप्न लेकतिर लाग्ने गर्दछन् ।
तर त्यसरी संकलन गरेको यार्साले मूल्य नपाएपछि कतिपय भने यार्सा बिक्रीमै आनाकानी गर्न थालेका छन् । साथै कतिपय भने यो पेशाबाटै पलायन हुन थालेका छन् ।
बझाङ लगाएत अन्य जिल्लाका मानिसहरु सिजन लागेपछि गाँउ नै सुनसान बनाएर यार्सागुम्बा संकलनका लागी हिमालतिर जाने गर्दछन्। छोटो समयमा मनग्य आम्दानी हुने भएकाले पनि वच्चादेखि ६० वर्ष नाघेका मानिसहरु समेत यार्साको खोजिमा निस्कने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया