काठमाडौं । नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरले विक्री सुरु गरेको छ। राज ब्रुअरी प्रालीले आजदेखि नेपाली बजारमा बिक्रि शुरु गरेको हो ।
राज ब्रुअरी सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ। यो वियर विश्वभरि वार्षिक ५० करोड लिटरभन्दा धेरै बिक्री हुन्छ। केहीअघि फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर नेपालीमा बजारमा आएको थियो।
राज ब्रुअरीले विश्व प्रसिद्ध बियर निर्माता एबिइनबेभका ख्याति प्राप्त बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा साझेदारी गर्न सम्झौता गरेको थियो। राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबिइनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो।
जावलाखेल ग्रुपअफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो राज ब्रुअरी । उक्त समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा-वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ । नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा रहेका छन् । बेल्जियममा केन्द्रीय कार्यालय रहेको एबिइनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा बिक्रि वितरण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया