काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माण व्यवसायीहरुको रकम भुक्तानीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल उहाँलाइ भेटन अर्थमन्त्रालय पुगेको थिए। उक्त भेटका क्रममा अर्थमन्त्री डा खतिवडाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
व्यवसायी मैत्री ऐन नियम तर्जुमा गर्नका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी गराउँदै उहाँले त्यसमा व्यवसायीलाई पनि संलग्न गराइने बताउनुभएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलको टोलीले म्याद थप, बैंक क्रेडिट लाइन लगायतका विषयमा पनि अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो ।
साथै व्यवसायीहरुको लामो समयसम्म रकम भुक्तान नुहँदा देशको समग्र अर्थतन्त्रमा नै नकारात्मक असर परेको महासंघले जनाएको छ ।
मंसिर ४ गते सम्पन्न महासंघको राष्ट्रिय भेलाले गरेका निर्णयका बारेमा समेत महासंघले अर्थमन्त्रीलाई अवगत गराएको छ । भेलाको निर्णय अवगत गराँउदै २ करोडको सट्टा ५ करोड सम्मको निर्माण कार्य खरीदमा कुनैपनि योग्यता नराखी जुनसुकै निर्माण व्यवसायीले भाग लिन पाउने व्यवस्था गर्न महासंघको माग रहेको छ ।
साथै २ करोड भन्दा माथिको निर्माण कार्यको लागि पाँचवर्ष पुरानो कम्पनीले र सम्बन्धित जिल्लाका कम्पनीले मात्र भाग लिन पाउने गरी बढीमा तीन वटा प्याकेज सम्मको निर्माणकार्य गर्न सकिनेछ भन्ने बुँदा थप गर्नुपर्ने महासंघको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया