काठमाडौं । देशभर रहेका माछापुच्छ्रे बैंकको सबै एटीएम तथा पीओएस प्वाइन्ट अफ सेल्स मेसिनमा अब मास्टर कार्डले काम गर्ने भएको छ । मास्टर कार्ड लिएका नेपाली ग्राहक तथा विदेशी पर्यटकहरुको सुविधाको लागी सुबिधा पुग्ने बैंकले जनाएको छ ।
आफ्ना सबै ग्राहकहरुलाई मास्टरकार्र्ड जारी गरिने योजना रहेको बैंकले जनाएको छ । बैंकका अनुसार मास्टर कार्डसँगै एटीएम र पीओएसमा भीसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्ड प्रयोग गर्न सकिनेछन् ।
देशभर माछापुच्छ्रे बैंकका १४४ वटा शाखा रहेका छन् । साथै १३७ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकलवे जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया