काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा नेपाल श्रीलंकासँग भिड्ने पक्का भएको छ ।
समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गर्दै श्रीलंका समूह बीको शीर्ष स्थानमा रहेका कारण अब नेपाल र श्रीलंका भिड्ने भएका हुन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको अन्तिम खेलमम श्रीलंकाले माल्दिभ्सलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१८ र अन्तिम सेटमा २५–१४ ले हराएको हो । अब नेपालले दोस्रो सेमिफाइनलमा शनिबार श्रीलंकाको सामना गर्नेछ ।
यस्तै समूह बीको उपविजेता बनेको माल्दिभ्सले अब सेमिफाइनलमा भारतसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया