कण्डमले बेरेर मलद्वारमा राखेका थिए १ किलो सुन ! यसरी पक्रिए चिनियाँ नागरिक

काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा उक्त सुन फेला पारेको हो |
तिब्बतबाट चाईना वेस्ट एयरमा आएका यात्रु स लुतइको साथबाट कण्डमले बेरेर मलद्वारमा राखेर ल्याएको एक किलो सुनका चार टुक्रा बरामद भएको छ ।

लुतइले विमानस्थलमा असहज महसुस गरेपछि प्रहरीले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा एक्सरे गराउँदा केही वस्तु देखिएको थियो। उनलाई चिकित्सकले औषधि खुवाएर शौच गराउँदा सुनका टुक्रा फेला परेको प्रहरीले जनाएको छ।

लुतइ विमानस्थल भन्सारको वाक थ्रु गेटमा प्रवेश गर्ना साथै साईरन बजेको थियो। भन्सारले उनीसँग भएका सबै धातु निकाले पनि साईरन बज्न नछाडे पछि अस्पताल लगिएको थियो।
प्रहरीले लुतइलाई थप अनुसन्धानका लागि हिरासतमा लिएको छ। उनलाई वृत्त गौशालमा राखिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक भइरहेको प्रहरीले जनाएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?