काठमाडौं । फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुँनुभएको छ । भट्टराई ४ सय ७४ मत अन्तरले विजयी हुनुभएको हो ।
कुल ३ हजार ६ सय ७६ मतदातामध्ये २ हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गरी विजयी हुँनुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार सुबराज थापाले ९ सय ७२ मत पाउनुभयो ।
यहाँ यसअघिको चुनावमा कांग्रेसले जितेको थियो । त्यसबेला भट्टराई कांग्रेसका हर्क मोक्तानसँग ५ मतले पराजि हुँनुभएको थियो ।
त्यस्तै, हिलिहाङ गाउँपालिका–७, मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी हुँनुभएको । इधिङगोले नेकपाका गेहनाथ रिजालाई ३० मत अन्तरले पराजित गर्नुभएको हो ।
कुल २ हजार ६ सय मतदाता रहेको वडामा शनिबार भएको उपचुनावमा हजार ६ सय ९३ मत खसेको थियो ।
यो नेकपाका राम्रो पकड भएको क्षेत्र हो । यसअधि यो वडामा तत्कालीन नेकपा एमालेकोतर्फबाट निर्वाचित वडाध्यक्ष तिर्थ ले जित्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया