महिलाको ‘इज्जत’ !
–डा. अरुणा उप्रेती (खाद्य तथा पोषणविज्ञ)
हाम्रो समाजमा एउटा भ्रम छ—महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ ।…महिलाको पवित्रता उनको योनिसंँग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गुप्तागसंँग नगाँसिनु अचम्म होइन र ? युवक वा पुरुषले मनपराउँछु भन्नुको अर्थ ‘मैले चाहँदा मसित सुत्नुपर्छ’ भन्ने हुन्छ । तर किशोरीले नमानेपछि कतिपय पुरुषले रिसले चुर भएर ‘म यसको जीवन बर्बाद पार्छु’ भनेर केटीलाई एसिड छर्कने र जलाउने गरेका घटना छन् । यसरी महिलाको चरित्र, उनको योग्यता आदि सबै उनको योनिको ‘पवित्रता’ संँग जोडिने कहिलेसम्म होला ? सकारात्मक पक्ष, ‘इज्जत’ भन्ने मापदण्ड ‘महिलाको योनिमात्र होइन’ भन्ने विचार समाजमा विस्तारै पलाउँदैछ । त्यसैले ‘सँंगै बस्ने तर विवाह नगर्ने’ जोडी पनि समाजमा देखिन थालेका छन् ।
कान्तिपुर, मंसिर ७, २०७६
समाज : खुल्दै छन् लुकेका कथा
सम्झना वाग्ले भट्टराई
“परिवारकै कथा : अपराजिता शर्मा (नाम परिवर्तन) अहिले मेडिकल डाक्टर हुन् । उनको कथा उनकै शब्दमा ः त्यतिखेर आठ कक्षामा पढ्थेँ, उमेर त्यस्तै चौध वर्षजति थियो । त्यो उमेरमा नै झन्डै २७ वर्षको मेरो आफ्नै फुपूको छोरासँग यौनसम्बन्ध भयो । त्यतिखेर ममा यौनबारे उत्सुकता त थियो, तर यौनसम्बन्ध राख्नेबारे कत्ति पनि सोचेकी थिइनँ ।…….बिहे भएको त्यस्तै पन्ध्र दिनपछि ऊ घरमा आयो र उसले फेरि त्यस्तै प्रस्ताव राख्यो । मैले नाइँ भनें । एक त यो राम्रो पनि होइन, अर्को कुरा, अब त तपाईं विवाहित हुनुहुन्छ, भाउजूसँग नै भन्नुस् भनेर मैले स्पष्ट उत्तर दिएँ । उसले साह्रै जिद्दी र्गयो । ‘तँ कस्ती केटी होस् भनेर बा, आमालाई भन्दिन्छु’ भन्यो । म सानैदेखि पढ्नमा राम्रो थिएँ । सबैले ज्ञानी पनि भन्थे । आमा, बाले पनि खुब माया गर्नुहुन्थ्यो र विश्वास पनि । अब त्यस्तो कुरा उहाँहरूलाई नै भन्दिन्छु भनेपछि, मैले केही बोल्नै सकिनँ । त्यसपछि पनि यसैलाई हतियार बनाएर ऊ पटकपटक मेरोमा आइरह्यो, मैले चुपचाप सहिरहेँ ।…..”
“……पहिलो वर्ष नै आई.ओ.एम. मा नाम निस्क्यो ।….महाराजगन्जमा पढ्न थालेँ । अब ऊसँगको भेट पातलो हुन थाल्यो ।……मैले एमबीबीएस सकेर दुई वर्ष काम पनि गरेँ । यो बीचमा कहिलेकाहीँ हुने भेटहरूमा पनि इज्जतको हतियार देखाएर उसले मलाई लुटिरह्यो । बेइज्जत हुने डरले मैले चुपचाप सहिरहेँ । यी सब झेलेर अब मलाई नेपाल बस्नु थिएन । ‘फर्दर स्टडी’ का लागि अमेरिका जाने तयारी गरेकी थिएँ ।…..भिसा पनि आयो । अब भने ऊसँग मुक्ति पाउने भएँ भनेर म ढुक्क भएँ । पाठकहरू, तपाईंलाई लाग्यो होला अब यो कथाको अन्त्य हुनेछ । मलाई पनि त्यस्तै लागेको थियो । तर अपराजिताले लामो सुस्केरा हालेर भनिन्, ‘सायद कोही मान्छे पीडा भोग्नकै लागि जन्मेका हुन्छन् भने कोही पीडा दिनकै लागि ।”
“…..उनी भन्दै गइन्— जब मेरो यूएस जाने निश्चित भयो, ऊ सोच्नसम्म नसकिने प्रस्ताव लिएर आयो । पढाइमा एसएलसी मात्र पास गरेको, प्लम्बिङको काम गर्ने मेरो आफ्नै फुपूको छोरा ऊ, अमेरिका गएर बिहे गरेर बसौं पो भन्छ । त्यसो त कुनै समुदायमा मामा र फुपूका छोराछोरीबीच बिहे हुने पनि सुनेकी थिएँ । तर हाम्रो सन्दर्भमा यो असम्भव थियो । एक त हाम्रोमा यस्तो सोच्नुलाई पनि पाप मानिन्छ भने, अर्को कुरा ऊ र मबीच जे भएको थियो, त्यो म समाज र परिवारको डरले सहिरहेको थिएँ । कुनै दिन यसको अन्त्य हुन्छ नै भन्ने विश्वासले पनि मलाई भविष्यप्रति भरोसा दिलाएको थियो । ‘यस्तो असम्भव कुरा नगर्नोस् भनेको’ थाहा छ ऊ के भन्छ ? ‘तिमीले नमान्ने हो भने आत्महत्या गर्छु’ भनेर मलाई तर्साउन खोज्छ । ‘जा अहिल्यै गएर मर’ भन्न मन लागेको थियो तर आफूलाई सम्हालेँ ।”
(श्रावण २५, २०७६ ः कान्तिपुरको शनिबारे परिशिष्टाङ्क ‘कोसेली’ मा यौन विकृति र दुराचारका घटनालाई उदाहरण बनाउँदै लेखिकाले उपरोक्त शीर्षकमा प्रस्तुत गरेको एउटा उदाहरणीय घटनाको अंश ।)
पहिलो रजस्वला हुँदाको आश्चर्य
लेखक ‘प्रगति राईका सात किस्सा’
मैले भोगेका पुराना रोचक किस्सा पनि छन् । जब, महिला र पुरुषको संसर्गबाट बच्चा जन्मिन्छ भन्ने थाहा पाएँ, आश्चर्य लागेको थियो । त्यतिवेला म ‘बच्चा पाउन कस्तो खालको पुरुषलाई सहवासको लागि निम्ता दिने होला ?’ भनी सोच्थेँ । मनमनै स्कुलमा पढाउने शिक्षकमध्येबाट एकजना छान्थेँ । जब सहवासका लागि विवाह गर्नुपर्छ भन्ने थाहा पाएँ, तब फाँटिलो जमिनहरू मेरो रोजाइमा पर्थे । त्यहाँका पुरुषहरूसँग विवाह गर्ने सोच्थेँ । पहिलोचोटि रजस्वला हुँदाको दिन सम्झँदा मलाई अझै हाँसो लाग्छ । रगत आएको थाहा पाएपछि जुका पसेजस्तो लाग्यो । अनि साथीलाई जुका पसेछ भनेर हेर्न लगाएको थिएँ । जुका नभेटेपछि साथीले नै आमाकहाँ रिपोर्ट पु-याइदिई । आमाले हाँस्दै कपडा लगाउन सिकाउनुभयो ।
नया पत्रिका, ०७५ माघ ३ बिहिबार
सेक्स आवश्यक
भवानी राणा, अध्यक्ष– नेपाल उद्योग वाणिज्य महासंघ
सेक्स आवश्यकता हो । कुनै ठाउँमा प्रेम भयो भने सेक्स पनि हुनसक्छ । प्रेमयुक्त सेक्स आनन्ददायी हुन्छ भने प्रेमविनाको सेक्स पीडादायी हुन्छ ।
–अनलाईन खबरबाट
बिवाहपूर्वको शारीरिक सम्बन्ध
मायाको अन्तिम रुप नै सेक्स हो । अहिले त सेक्सलाई फेसनको रुपमा लिइन्छ । पहिले सेक्स अनिमात्र माया गर्ने चलन बढेको छ । चोखो मायामा कहिलेकहीँ रक्सी खाएको बेलामा अकस्मात शारीरिक सम्बन्ध हुनसक्छ । यसमा विश्वास नै महत्वपूर्ण हो ।
–अभिनेत्री निरुता सिंह, अन्नपूर्ण पोस्ट, २०७०/५/२९ शनिबार
मेरो पहिलो रजश्वला
शारदा शर्मा (साहित्यकार/लेखिका)
“……..केही तातो बाक्लो च्यापच्याप लाग्ने कुराले पिसाब फेर्ने ठाउँ भिजेको अनुभव गरिरहेथेँ, केहो भनेर हेर्न डराईरहेकी थिएँ ।…….कक्षाको बेञ्चमा बसिररहेकी थिएँ एउटा कुनामा, तर पढाइमा पटक्क ध्यान लागेको थिएन । बडो अप्ठेरो भइरहेको थियो, तातो पदार्थको बग्ने क्रम बढ्दै गइरहेको थियो, लाग्दै थियो मेरो कट्टु भिज्यो, पूरै सुरवाल पनि भिज्यो, फ्रक पनि भिज्यो कि ?……..के बगेको होला यसरी ? अरूले देखे के भन्लान् ?…..हाफ छुट्टी भएपछि म डराउँदै बेञ्चबाट उठेँ, उठ्दा झन् खलल्लै बग्यो, पेट र ढाड निचोरिए जसरी दुख्दै थिए, रुन मात्र सकिन म ।…….साथीहरू कक्षाबाट बाहिर निस्किरहेका थिए, म भने उभिरहेँ त्यहीँ ।……..भर्खरै टुसाउँदै गरेका स्तनले फ्रकको छाती उचालिन खोज्दा लाजले भुतुक्क भएर अनेक उपायले लुकाउने खोजेँ मैले तिनलाई, कस्न बाँध्न खोजेँ । परसर्दा कुनामा लगाएको राडीको ओछ्यान अरूले देख्ने हुन् कि भनेर मेरो मन संकोचले छटपटियो सँधै…….” (‘शरीर, शल्यक्रिया र संवेदना’ शीर्षकमा कान्तिपुर दैनिक, ०६७ कात्तिक १३ शनिबार) ।
नीलो चलचित्र हेर्दाको अनुभव
जिया के.सी. (नायिका)
नीलो चलचित्र हेर्दा काउकुती लागेजस्तो भयो, बिहे नगरेका युवतीले त्यस्ता चलचित्र हेर्नु हुँदैन जस्तो लाग्यो (साप्ताहिक) ।
चाइनिजसँग सेक्स
कुन्ती थापा (१२ कक्षा उत्तीर्ण खासा बजारमा डान्स रेस्टुरेन्टकी नर्तकी)
चाइनिजहरूले सुत्न जाउँ भन्थे, तर नाई भन्यो भने कर पनि गर्दैनथे । ‘ड्युटी आवर’ मा एकपटक ग्राहकसँग गेस्टहाउसतिर गयो भने दश दिन बराबरको हाजिर काटिन्थ्यो । तर ड््युटी आवर बाहिरको समयमा (गेस्टहाउस) गयो भने साहुनीले केही नभन्ने……(नेपाल सा. ०६८ असोज १) ।
पत्रकारले मेरो लोग्ने खोसेपछि
सोनी लामा
“तर ग्याम्जोको कुरा अर्कै रहेछ । अर्काको लोग्नेसँग यौनको प्यास मेटाउन आउने अञ्जली नामको केटीलाई बिवाह गर्न त्यो नाटक (मसँग पारपाचुके) रचिएको रहेछ । यौनका लागि प्रयोग भएको पुरुषलाई बिवाहकै लागि किन बाध्य पारिन्छ ? यौनकै भोक त अरु केटासँग पनि पूरा हुनसक्थ्यो नि ! च्याटमा अञ्जली र ग्याम्जोका बीच भएका सेक्सका कुराले कसको मन बहलिन सक्ला ? पुरुष र नारीबीच हुने सेक्स सम्बन्ध मात्रै हो लोग्ने–स्वास्नीको सम्बन्ध ? अञ्जली गरीब छ रे त के भो ? ग्याम्जोको मन धनी रहेछ भनेर सेक्स गरेको ? यसको जवाफ ऊसँग छ ? पत्रकार भएँ भन्दैमा एउटी अबला नारी र सन्तानमाथि सौता बन्न खोज्ने ? (जनआस्था, ०६७ माघ १९ बुधबार) ।
यु एन वुमन थप समस्या पो बन्ने हो कि ?
अमृता लम्साल
रत्नपार्कमा एउटी महिलालाई नाङ्गै पारेर यौनाङ्गमा लट्ठी घुसारेर घुमाउँदा त्यस्ता दुब्र्यबहारको विरोध गरेर रोक्नुपर्ने ठाउँमा हेरेर मजा लिने भीडको संख्या……(साँघु सा., ०६७ कात्तिक ८ सोमबार) ।
एकल महिला र यौनिकता
झमक घिमिरे
पुरुषले स्त्रीबाट पूर्ण रुपले शारीरिक यौन सन्तुष्टि पाएन भने उसले आफ्नी पत्नीलाई त्याग्दा पनि हुने तर त्यही ठाउँमा स्त्रीले पुरूषबाट चाहेजस्तो शारीरिक रुपमा मानसिक रुपमा सन्तुष्टि पाउने सकिन भने उसले अर्को बिवाह गर्न पाउने कि नपाउने ? हो, यौन सन्तुष्टि पुरुषलाई मात्र भए त्यही पुरुषसँग स्त्रीले सारा जिन्दगी समर्पण गरेर बिताउनुपर्ने महिलालाई चाहिँ त्यो नचाहिने ? (कान्तिपुर, ०६९ फागुन २५ शुक्रबार) ।
सेक्स कमलको फूलजस्तै
बिनिता बराल (‘चपली हाइट’ चलचित्रकी नायिका)
सेक्स कमलको फूलजस्तै हो, जसको तृप्ती कहिल्यै पूर्ण हुँदैन (नेपाल सा. ०६९ साउन २८–भदौ ३ अङ्क) ।
नेपाली नारी हरेक कुरामा अगाडि छन्, चाहे सेक्स स्क्यान्डल होस् वा अन्य स्क्यान्डल—रेजिना उप्रेती, नयाँ पत्रिका, ०६७ कात्तिक १३ शनिबार ।
युरोपमा नेपाली भोगाइ
अनुराधा पौडेल
“…….बिहान उठ्यो, मेट्रो चढ्न हतार ग-यो । दिनभरी काम गरेर लखतरान प-यो । राती घरमा आउन पाएको छैन, हत्त न पत्त दुई गाँस खाएर सुत्न दौडिहाल्यो । प्रेमी वा पे्रमिका साथै भए हतारहतार मैथुन पनि ग-यो । अनि ओछ्यानमा पल्टिन पाएको छैन, मलाई कामबाट निकालिदिने होकि भनेर सुस्ताउँदै पातलो, पशुको जस्तो निद्रा लियो…..” (कान्तिपुर ०६७ साउन १५ शनिबार) ।
महिलाहरू बिग्रिएकै हुन् त ?
बबिता बस्नेत (पत्रकार/लेखक)
एकपल्ट कसैसँग सम्बन्ध भएपछि आपूmले गल्ती गरेको महसुस गर्दै सिन्धुपाल्चोककी एक महिलाले आपूmसँग सम्बन्ध राख्ने गाउँमै कार्यरत पुरुषलाई भनिछिन्, मेरो श्रीमान् विदेशमा हुनुहुन्छ । जे हुनु भैहाल्यो, अब म सम्बन्ध राख्दिन, तपाईँ घरमा नआउनुहोस् । त्यसपछि ती पुरुषले आपूmले एकपल्ट सम्बन्ध राखिसकेकोले फेरि नराखे लोग्ने विदेशबाट फर्किएपछि सबै कुरा भनिदिने बताएछन् । यसरी ‘ब्ल्याकमेलिङ्’ गर्दै निरन्तर सम्बन्ध राखिरहने पुरुषहरू र अरुको नजरमा ‘खत्तम’ भएर सँधै मनोवैज्ञानिक त्रासमा जीवन बिताइरहेका महिलाको संख्या ठूलो छ गाउँघरमा…….. (घटना र विचार साप्ताहिक, ०६८ असार १५को अंक) ।
यौनजन्य दुब्र्यवहार लिंगभेदी अपराध
मञ्जु थापा
……अक्सरजसो शरीरमा स्पर्श गर्ने, सुम्सुम्याउने, चिमोट्ने, धकेल्ने, यौनजन्य हल्का टिप्पणी वा ठट्टा गर्ने, शारीरिक सम्पर्कको प्रस्ताब राख्ने, अश्लील तस्बिर र सन्देश देखाउने वा सम्प्रेषण गर्ने, आँखा झिम्क्याउने, खास अंगमा नियालेर हेर्ने जस्ता ब्यबहारद्वारा महिलामाथि यस्तो (यौनजन्य) दुब्र्यबहार गरिन्छ (कान्तिपुर, ०६८ साउन ३० सोमबारको अंक) ।
अभिनेत्री सुष्मा कार्की ः मैले आजसम्म सेक्स गरेको छैन, तर बिहे गरेपछि यसको मजाले उपभोग गर्ने सोचाइ बनाएकी छु (दृष्टि सा. ०६८ भदौ २० मंगलबारको अंक) ।
Let’s Talk about Sex
Bidushi Dhungel
Sex is neither a crime nor an aberration and the sooner we accept it as such, the better…….There is a reason for why human beings are the only spcies (aside from Bonobos) that have a 365 day ability to engage in sex. It is hard to believe that this kind of cycle only serves the purpose of reproduction……(The Kathmandu Post, Aug. 25, 2011 ०६८ भाद्र ८ को अंक) ।
अभिनेत्री शोभिता सिंखडा : ओशोका अनुसार यौन शारीरिक आवश्यकता हो, यसलाई दबाउनु हुन्न । म यही मान्यतामा विश्वास गर्छु (कान्तिपुर, ०६७ चैत्र १७ बिहिबारको अंक) ।
यौन हिंसामा प्रविधि
दुर्गा लामिछाने
यस्ता (नीला) फिल्म पनि आवश्यकताकै कारण बने होलान् । बन्यो, बिक्री भयो, हेरियो । यतिमै त चिन्ता गर्नु पनि नपर्ला, तर समाजमा त्यसको असर पर्न थालेपछि भने यो सार्वजनिक चासोको विषय बनेको छ ।
यौन जोडीमध्ये एउटामा काम बासना नजागेर यौन जीवन कष्टकर बन्दैगएको भए यस्ता चित्र उपयोगी पनि हुनसक्लान् । तर त्यसको जथाभावी नक्कल गर्न खोज्ने हो भने त्यसले दुर्घटना निम्त्याउने अवश्यम्भावी छ ।……मनमिल्दा साथीसँग नवविवाहिताहरूले आफ्ना पतिका ‘ब्लु फिल्म’ चर्तिकला र त्यसबाट भोगेको पीडा सुनाउने गर्छन् । विवाहकै रातमा पनि कतिपयले यस्ता घटनाको पीडा सहनुपरेको थाहा भएको छ । अझ आजभोली त युवामा यौनलाई प्रेमको परिपूरकको रुपमा अभ्यास सुरु भएको छ …..(नागरिक, ०६७ चैत्र २२ मंगलबारको अंक) ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया