काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन समारोहका बिच सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अहिले मार्चपास सुरु भएको छ ।
नेपालसहित सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति झल्कने प्रस्तुति समेत दिनेछन् ।
तेस्रो पटक नेपालमा आयोजना भएको १३ औँ सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दक्षिण एसिया मा प्रत्यक दुई वर्षमा सञ्चालन हुने खेलकुद प्रतियोगिता हो, (साग) । सागको प्रमुख निकाय दक्षिण एसियाली खेलकुद परिषद हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया