कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ९ को मतले पराजित गर्दै उनी विजयी बनेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत ल्याएर विजयी बनेकी हुन् ।जित सङ्गै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।
शनिबार राती १०: ३० बजेदेखी सुरु हुने भनिएको मतगणना राजनैतिक दलहरुबिच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १ ४० मा मात्रै सुरु भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले १५ हजार ९८६ मत प्राप्त गरेका छन् ।
उनलाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया