काठमाडौं । भारत र पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ को सेटमा पराजित ग¥यो । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई २५–१५, २५–२१ र २६–२४ को सोझो सेटमा हरायो । महिलामा नेपाल र भारतले शनिबारै उपाधि भिडन्त पक्का गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया