काठमाडौँ । बेलायतमा आठ दिनसम्म बाथरुम भित्र थुनिएकी एक वृद्ध महिला उद्धार गरिएको छ । प्रहरीका अनुसार, फुड डेलिवरी ब्वायजले दिएको जानकारीको आधारमा घरको खोज तलास गर्ने क्रममा महिलाको उद्धार गरिएको हो । वृद्ध महिला घरमा एक्लै बस्दै आएकि थिइन् । प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन ।
विल्टशायार फर्म फूडका लागि काम गर्ने फुड डेलिभरी ब्वायजका अनुसार, “यी वृद्ध महिला नियमित ग्राहक रहेकी थिइन्। उनले केही दिनदेखि कुनै अर्डर नगरेपछि कुनै अप्रिय घटना त भएको छैन भन्ने शकांका लागेपछि प्रहरीमा जानकारी दिएको हो ।”
बाथटबाट बाहिर आउन असमर्थ
प्रहरीले दिएको जानकारी अनुसार, बाथटबाट बाहिर आउँन सकिरहेकी थिइन्। उनको अवस्था स्थिर रहेको थियो । तर उनी अत्याधिक भोकले आतिएकी थिइन् । आठ दिनसम्म पानी पिएर जिउँदो रहेकी उनीलाई प्रहरीले तुरुत अस्पताल भर्ना गरेको थियो । उसको अवस्था स्थिर रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया