काठमाडौँ । काठमाडौँमा जारी १३औं साग अन्तर्गत मंगलबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुन लागेको हो ।
यस्तै ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुँदैछ । नेपाली महिला भबिलल टोलीले भारतसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबलको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्नेछ । महिलाको फुटबलमा नेपालले श्रीलंकासँग खेल्दैछ । दशरथ रंगशालामै एथलेटिक्समा सात स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । तेक्वान्दोमा आजै थप चार स्वर्णको टुङ्गो लाग्नेछ ।
सागमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।हालसम्म १५ स्वर्ण जितिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया