काठमाडौं । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच भुक्तानी सम्बन्धी एक सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बैंकको डिजिटल च्यानलमार्फत् प्रिमियम भुक्तानी गर्न सकिने सुविधा थपिएको छ ।
साथै अब युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न समेत पाउने भएका छन् ।
बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर उक्त सम्झौतामा प्रतिवद्धता जनाउदै हस्ताक्षर गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया