१३ औं सागः श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ ।

पहिला ब्याटिङ गरेर १ सय ७३ रनको लक्ष्य दिएको नेपाललाई १९.१ ओभरमा ४ विकेट पतन हुँदा १ सय ७५ रन पूरा गरेर श्रीलंकाले पराजित गरेको हो ।

नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उक्त प्रतिस्पर्धामा टस जितेर श्रीलंकाले बलिङ चुनेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो ।

खेलको शुरुवातदेखि नै खस्कँदै गएको नेपालको साखलाई उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँगको सहकार्यमा उकासेका थिए । दुईजनाको साझेदारीले नेपाललाई ५६ रन दिलाउन सफल भयो । त्यस्तै, पवन शर्राफसँगको साझेदारीमा उनले ६२ रन बनाए ।

पूर्वकप्तान पारस खड्का भने नेपालको स्कोर २ रन हुँदा व्यक्तिगत एक रनमै आउट भए ।

त्यस्तै, आरिफ शेखले १९ र कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडेर मैदानबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?