काठमाडौं । १३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत फुटबलमा नेपालले भुटानविरुद्ध ४-० को अग्रता कायम गरेको छ ।
दशरथ रंगशालामा भइरहेको उक्त खेलको दोस्रो हाफसम्ममा नेपालले ४ गोल गरिसकेको हो ।
नेपालका लागि दुई गोल टोलीका कप्तान सुजल श्रेष्ठले गरेका हुन् । उनले पहिलो गोल खेलको शुरुवाती ५ मिनेटमै गरेका थिए भने दास्रो गोल खेलको दोस्रो हाफको ४९ औं मिनेटमा गरेका थिए ।
खेलको ६५ मिनेटमा अभिशेष रिजालले अर्को गोल थपेका छन् । त्यस्तै खेलको ७७ औं मिनेटमा नेपालले फेरि अर्को गोल गर्न सफल रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया