काठमाडौं । १३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत फुटबलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ ।
दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालले ४ गोल गर्दा पनि भुटानले खाता खोल्न सकेन ।
नेपालका लागि दुई गोल टोलीका कप्तान सुजल श्रेष्ठले गरेका हुन् । उनले पहिलो गोल खेलको शुरुवाती ५ मिनेटमै गरेका थिए भने दास्रो गोल खेलको दोस्रो हाफको ४९ औं मिनेटमा गरेका थिए ।
त्यस्तै खेलको ६५ मिनेटमा अभिशेष रिजालले अर्को गोल थपेका थिए भने खेलको ७७ औं मिनेटमा मिक्चेन तामाङले फेरि अर्को गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया