काठमाडौं । बाढी, पहिरो र आँधीका कारण फिलिपिन्समा २ लाख मानिस विस्थापित भएका छन् ।
आँधीका कारण देशको मुख्य विमानस्थल नै बन्द गरिएको सञ्चार माध्ययमले जनाएका छन् । कम्मुरी नाम दिइएको उक्त आँधीबाट जोगाउन समुद्री किनाराका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कम्मुरीआँधीका कारण टापु क्षेत्रमा यसको बढी जोखिम देखिएको छ। यो आँधी यस वर्ष नै २०औं आँधी पटक आइसकेको छ ।
आँधीका कारण दर्जनौँ उडानहरु रद्ध गरिएका छन् ।भने अवतरण हुन लागेका जहाज पनि अन्यत्रै मोडिएको सञ्चार माध्ययममा बताइएको छ । गए रातिबाट आँधी सुरु भएपछि नै प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको हो ।
आँधीका कारण निनोय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । भने विभिन्न ठाउँमा अहिले पनि भारी वर्षा र बाढीको असर परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया