५ जिल्लाको सीडीओ हेरफेर, हेर्नुहोस् को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले बिभिन्न ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मंगलबार ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु हेरफेर गरिएको हो ।

उक्त निर्णय अनुसार भक्तपुरका सीडीओ नारायणप्रसाद भट्ट मकवानपुर सरुवा हुनुभएको छ भने गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओमा सरुवा हुनुभएको छ ।

त्यस्तै पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा हुनुभएको छ ।

साथै लमजुङका सीडीओ डा. डिजन भट्टराई अध्यागमन विभागमा र अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?