१३ औं साग : महिला भलिबलमा नेपाल उपविजेतामा समेटियो

काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकूद अन्तर्गत महिला भलिबलको मंगलबार भएको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा खुम्चेको छ ।

यससँगै नेपाल १३ औं सागको महिला भलिबलमा स्वर्ण जित्नबाट चुकेको छ ।

भारतले नेपाललाई ३ -२ को सेटमा हराएको हो । २५- १७ ले भारतले पहिलो सेट जितेको थियो । नेपालले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५-२४ र तेस्रो सेट २५-२१ ले जित निकाल्न सफल भयो । तर चौथो सेट भारतले जितेसँगै नेपाल पराजित भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा नेपाल भारत बिचको खेल निकै रोमाञ्चक बनेको थियो ।

नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?