१३ औं साग : उसु खेलमा विवाद खेलाडीले दिए धर्ना !

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुको प्रतिस्पर्धामा विवाद भएको छ । लगनखेलस्थित आर्मीको कभर्डहलमा ताइजिजान थाउलोतर्फको खेलमा श्रीलंकाले स्वर्ण जितेपछि विवाद भएको छ ।

श्रीलंकाका थरिन्दु निर्मल अनुराधाले ९.२१ अंक पाए भने भारतका ज्ञानदेश सिंहले ९.१५ र नेपालका हरिप्रसाद गोलले ९.०५ अंक पाएका थिए । तर फल्ट गणना गर्दा श्रीलंकन खेलाडीलाई धेरै अंक दिइएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरे ।

खेलाडी र अफिसियलले म्याटमा धर्ना समेत दिएका थिए । जसको कारण खेल ३० मिनेट बढी रोकिएको थियो । अहिले खेल सुरु भएको छ । नेपाल र भारतले लिखित अपिल गरेको छ ।

नेपालका खेलाडी हरि प्रसाद गोलेले म्याटमै बसेर धर्ना दिएका थिए । दर्शकले पनि म्याटमा पानीका बोतल फ्यालेका छन् ।

यस स्पर्धामा श्रीलंकाका थारिदुले स्वर्ण जितेका छन् । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिले कास्य जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?