महिला क्रिकेट : बंगलादेशसँग नेपाल पराजित

काठमाडौं । १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले बंगलादेशसँग १० विकेटले पराजित भएको छ ।

बुधबार पोखमा टस हारेर पहिलो ब्याटिङगरेको नेपाल ५० रनमै समेटियो ।

५१ रनको लक्ष्य बंगलादेशले ७.४ ओभरमा विना विकेटको क्षतिमा बटुल्यो । बंगलादेशकी मुर्सिदा खातुन २१ र आयशा रहमानले १७ रनमा अविजित रहिन् ।

१९.२ ओभरमा अलआउट भएको नेपालका लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बटुल्न सके ।

नेपालकी ओपनर काजल श्रेष्ठ ५ बल खेल्दै खाता नखोली आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । अर्की ओपनर सीता रानामगरले पनि १२ बलमा तीन रन मात्र बनाउन सकिन् । त्यसपछि आएका सोनु खड्का, कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले क्रमशः १२, १३ र १० रन बनाए ।

बंगलादेशकी रबिया खानले ४ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?