काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ नेतृत्व चयनका लागि दरखास्त दिन आह्वान गरेको छ । हाल बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल आगामी पुस ७ गतेबाट सकिँदैछ ।त्यससँगै बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागी आवेदन खुलाएको हो । निर्वतमान सीईयो जोशीको कार्यकाल सकिनुभन्दा २० दिन अघि बोर्डले सीईओका लागि आवेदन खुलाएको हो । बोर्डले सीईयो पदका लागी निश्चित मापदण्ड समेत तयार गरेको छ ।
बोर्डको प्रमुख हुनका लागी नेपाली नागरिक हुनुपर्नेछ । साथै स्नातकोत्तर उर्तीण हुनुपर्ने, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव रहेको हुनुपर्नेछ । फौजदारी अभियोग नलागेको तथा ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको व्यक्तिले मात्र आवेदन दिनका लागी योग्य मानिनेछ । अन्य देशमा स्थायी नागरिकका रुपमा नरहेको व्यक्तिले मात्र बोर्डको प्रमुख हुनका लागि योग्य हुने बोर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया