नेप्सेमा सुधारः नेपाल लाइफ इन्स्योरेन्सले ग-यो धेरै कारोबार

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा केही सुधार देखिएको छ । बुधबार नेप्से ८.७३ अंकले बढेर परिसूचक ११२४.४७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज कुल १६९ वटा कम्पनीको ९ लाख ९० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । बजारमा जसको मुल्य ३० करोड ८२ लाख रुपैयाँभन्दा बढी रहेको छ । आज कारोबारमा आएका सबै कम्पनीको शेयरमा सुधार आएको छ । आज आज नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार सबैभन्दा बढि भएको छ ।

जसले २ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । भने प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज प्रभुको शेयरमूल्य ९.५० प्रतिशतले बढेको छ । कारोबारमा आएका सबै कम्पनीकाे शेयरमा उल्लेख्य सुधार आएको दिन बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताको लागी भने आज फदायी हुन सकेन । बरुण हाइड्रोपावरको शेयर मूल्य करिब आठ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?