काठमाडौं । जनता बैंक र ग्लोबल आइएमई बैंक एक आपसका गाभिने सम्झौता भएको छ । दुइ बैंक एक आपसमा गाभिएसँगै मंसिर २० गते शुक्रबारबाट एकिकृत कारोबार गर्ने भएका छन् । एक आपसमा गाभिएर संयुक्त कारोबार भएपछि ग्लोबल आइएमीको नामबाट कारोबार हुनेछ ।
यसरी दुइ बैंकको संयुक्त कारोबार पछि वाणिज्य बैंकहरु सबैभन्दा बढी पुँजी भएको बैंकको रुपमा ग्लोवल आइएमइ हुनेछ । चालु आर्थिक वर्षको असोज मसान्तको तथ्यांक अनुसार दुई बैंक मर्जर भएपछि निक्षेप २ खर्ब ३ अर्बभन्दा हुन आउछ । भने कुल कर्जा १ खर्ब ९२ अर्ब हुन आउछ । अन्य वाणिज्य बैंकहरुलाइ तुलना गर्दा सबैभन्दा बढी हुनेछ । त्यस्तै चुक्ता पूँजी १९ अर्ब रुपैयाँ हुन्छ ।
त्यस्तै असोज मसान्तको तथ्यांक अध्ययन गर्दा बैंकको नाफा १ अर्ब ११ करोड हुनेछ । तर असोज मसान्तको तथ्यांकले नाफाको आधारमा भने तेस्रो स्थानमा रहनेछ ।
मर्ज भएपछि भने ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्र ढकाल हुने छन् । सबथै प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम क्षेत्री हुने ग्लोबल आइएमीले जनाएको छ । त्यस्तै संचालक समितिमा दुईवटा संचालक जनता बैंकबाट हुनेछ।
भोलीबाट एकीकृत कारोबार हुने भएकाले १९ घण्टाको लागी सबै कारोबार बन्द गर्नका लागी दुबै बैंकहरुले सुचना सार्वजनिक गरेको थियो । साथै दुबै बैंकबाट जारी गरिएको एटिएम कार्ड बिहीबार चल्ने छैन । मर्जरपछि प्राविधिक कुराहरु मिलाउन पर्ने भएकाले पनि एटिएम सञ्चालन गर्न नसकिएको बैंकले जनाएको छ । संयुक्त कारोबारको उत्घाटन एक कार्यक्रमकाबिच अर्थमन्त्री डा युवराज खतिवडाले गर्नुहुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया