काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।
ओलीलाई अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो ।
उहाँको आजै डिस्चार्ज गरिने बताइएको छ । उहाँलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया