अस्पतालबाट डिस्चार्ज भएकै दिन प्रधानमन्त्रीलाई चिकित्सकको यस्तो सुझाव, के छ विज्ञप्तिमा ?

काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले केहिदिन आराम गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

मंसिर १० गते एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि प्रधानमन्त्री ओली अस्पतालमा चिकित्सकको निगरानीमा हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीलाई ३ बजे डिस्चार्ज गर्ने तयारी भएको भएपनि केहि ढिलाई गरेर डिस्चार्ज गरिएको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान सेन्टरले विज्ञप्ति जारी गर्दे डिस्चार्ज गरीएको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?