एनआईसी एशिया बैंकको मंगलबारदेखि भाइबर बैकिङ सेवा सञ्चालनमा

काठमाडौं, ३ माघ । एनआईसी एशिया बैंकले भाइबर बैकिङ सेवा सञ्चालनमा ल्याएको छ बैंकले दिँदै आएको सेवालाई थप प्रविधिमुलक बनाउन मंगलबारदेखि भाइबर बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त सेवा सञ्चालनमा आएसँगै ग्राहकले सहजरुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पयुटर लगायतबाट प्रयोग गरेर भाइबर सेवा लिन सक्नेछन् भाईबर बैकिङ सुबिधा लिनको लागि भाइबर एल्पिकेसनमार्फत एनआईसी एशिया बैंकको पब्लिक एकाउन्टलाई प्रयोग गरी आवश्यक जानकारी लिन सक्नुहुनेछ ।यो सेवामार्फत ग्राहकहरुले बैंकको शाखा कार्यालय तथा एटिएम सञ्जालबारे जानकारी, कर्जाका लागि योग्यता जाँच, अनलाइन खाता खोल्ने, बैंकिङ समय, विदेशी बिनिमयदर, ब्याजदर एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सकिनेछ त्यस्तै बैंकको मोबाइल बैकिङ सेवामा रजिष्ट्रर भएका ग्राहकले भाइबर बैकिङ सेवामार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?