काठमाडौं । ग्लोबल आइएमई र जनता बैंक एक आपसमा गाभिएर संयुक्त कारोबार शुरु गरेका छन् । दुइ बैंक मर्ज भएसँगै ग्लोबलको नामबाट कारोबार हुने भएको छ । यससँगै पुँजीका हिसावले ग्लोबल आइएमईले आफुलाइ सबै भन्दा ठुलो बाणिज्य बैंकको रुपमा स्थापित गर्न सफल भएको छ । आज एक कार्यक्रमकाबिच एकीकृत कारोबारको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुभएको छ ।
एक आपसमा गाभिएपछि बैंकको चुक्ता पुँजी १९ अर्ब पुगेको छ । त्यस्तै निक्षेप २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकले आफ्नो सञ्जाल ७७ वटै जिल्लामा बिस्तार गरेको छ । मुलुकभर ३ सयभन्दा बढि शाखा कार्यालयहरु, २५९ वटा एटिएम , २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर रहेका छन् । साथै विदेशमा समेत प्रतिनिधि कार्यालय ३ वटा गरी कुल सञ्जाल ८ सय ३८ रहेका छन् । मुलुकभर तथा मुलुक बाहिर समेत गरि ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी साथै २० लाख ग्राहकहरु रहेको बैंकले जनाएको।
यो पढ्नुभएको थियो ?
मर्जपछि ग्लोबल आइएमई बैंक पुँजीका हिसाबले सबैभन्दा ठुलो हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया