काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरीले आज पुनः दोस्रो पटक म्याद थप्ने भएको छ। स्वास्थ्यमा आएको समस्याका कारण सिद्धबाबा विराटनगरको विराट नर्सिङ होममा उपचाररत रहेका छन् । म्याद थप गर्नका लागी नर्सिङ होमबाट सुनसरी जिल्ला अदालतमा कृष्णदासजीलाइ लगिएको छ । शिद्धबाबालाइ विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट एम्बुलेन्समार्फत उनलाइ बिहान ११ बजे सुनसरीतर्फ लगिएको प्रहरीले जनाएको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्मा नेत्रृत्वको टोलीले उनलाइ उनलाइ अदालत लगिएको हो ।गत सोमबार उनीविरुद्ध अनुसन्धान गर्न अदालतबाट पहिलो पटक चार दिनको म्याद थपिएको थियो।
प्रहरीका अनुसार पहिलो पटककाृ म्याद सकिएपछि थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्न लगिएको हो । सुनसरीमा रहेको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी मंसिर १२ गते बिहीबारबाट अस्पताल भर्ना भएका थिए। अस्पतालमा रहेका उनलाई पक्राउ गरी गत सोमबार म्याद थपका लागि सुनसरी अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया